काठमाडौं। स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका–२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सङ्लग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।