पोखरा। पोखरामा जल्दै गरेको अवस्थामा दुई जनालाई उद्दार गरिएको छ।
पोखरा–१३ माहुँखोलाबाट जल्दै गरेको अवस्थामा कृष्णबहादुर क्षेत्री र संगीता सापकोटालाई उद्दार गरिएको हो।
आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते भएकी हुन्।
दुवैलाई छिमेकीहरुले जल्दै गरेको अवस्थामा उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन्। उनीहरुको त्यहाँ उपचार भइरहेको छ। क्षेत्रीले किन आत्मदाहको प्रयास गरे भन्ने खुलेको छैन।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।