काठमाडौं। पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ।
क्वेटाबाट कराँचीतर्फ जाँदै गरेको उक्त बस सडकबाट तल खसेको थियो। सो बसमा ४८ जना यात्रुहरु रहेका थिए।
तीब्र गतिमा रहेको सो बसले यू–टर्न लिन खोज्दा पुलको खम्बामा थोकिएर तल खसेको थियो।
खसेपछि आगो लागेको त्यहाँका अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएका छन्।
दुर्घटनामा परेको सो बसबाट एकजना बच्चा र महिलाई सकुसल उद्दार गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।