भोजपुर। श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ रहेका छन्। उनलाई श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
ज्ञान बहादुरले मादक पदार्थ सेवन (मापसे) पछि सामान्य विवादको कारण श्रीमतीलाई घाँटी थिचेर हत्या गरेर खाडलमा पुरेको प्रहरीले जनाएको छ।