काठमाडौं । अनागरिक रवि लामिछानेले आज नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । त्यसका लागि उनि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो। योसँगै उनी सांसद र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका हुन्।