काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज बिहान तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको थियो ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १ मा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।