कामठाडौँ । मन्त्रिपरिषद बैठकमा भएका सरकारको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गरिँदैछ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्रवक्ताको हैसियतले आज दिउँसो ११ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्न लागेका हुन् ।
मन्त्रालयका शाखा अधिकृत चुरामणी अर्यालका अनुसार मन्त्रिपरिषद बैठकमा भएगरेका निर्णयलाई एक कार्यक्रमबीच सार्वजनिक गर्न लागिएको हो।सरकारले यसबीचमा जनतालाई आकर्षित गर्ने दूरगामी निर्णयहरु गर्ने बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा भाषणभन्दा काम गरेर देखाउने प्रतिवद्धता गरेका छन् ।