काठमाडौँ । सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको ७ दलीय सरकारलाई समर्थन जनाएको राप्रपालाई विश्वासको मत दिनुअघि उक्त प्रस्ताव गरिएको हो।
राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार प्रस्ताव आएपनि त्यस विषयमा कुनै निर्णय भने भइसकेको छैन। उनका अनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निकटस्थमार्फत् राप्रपा अध्यक्ष लिङ्देनसमक्ष उक्त प्रस्ताव पठाएका हुन्। जसका विषयमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकमा समेत अनौपचारिक छलफल भएको थियो।