काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दैछ । दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
मंसिर ४ मा निर्वाचन भएपछि कांग्रेसको संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो । ठूलो पार्टी भएर पनि कांग्रेसले संघीय र प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने मौका गुमाएको छ ।