पोखरा । पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षिय श्रम गुरुङको मृत्यु करेन्ट लागेर भएको हो ।
आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।