गोरखा । गोरखादेखि काठमाडौसम्मको पैदल मार्गमा नेपाली सेनाले पदयात्रा सुरु भएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर सेनाले पदयात्रा सुरु गरेको हो ।
बिहीवार एक कार्यक्रमका बीच गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा सुरु गरेको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए ।
यो पदयात्रालाई सेनाले एकीकरण पदयात्रा नाम दिएको छ ।उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् ।