काठमाडौं। नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन बनाएको छ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि महासचिव बेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाएको हो। जसको सदस्यहरूमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन्।
कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने प्रवक्ता जगन्नाथ खतिडाले बताए ।
आजको बैठकले पनि सरकारलाई सहथर्न गर्ने वा नगर्ने विषयमा निर्णय गर्न नसकेको प्रवक्ता खतिवडाले जानकारी दिए।