काठमाडौं। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्।
यसअघि सुदूरपश्चिम, बागमती र कर्णालीमा सरकार गठनका लागि आह्वान भइसकेको छ।