सुर्खेत। कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका छन्।
प्रदेश प्रमुख तिलक परियारले बिहीवार एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
उनले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।
४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक÷ एकजना छन्।
यसअघि बिहीवार नै बागमतीमा सरकार गठनका लागि आह्वान भएको छ।
त्यस्तै, सुदूरपश्चिममा पनि सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरिसकेका छन्।
अन्य प्रदेशमा पनि सरकार गठनका लागि आह्वान गर्ने तयारी भइरहेको छ।