काठमाडौं। राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा चुनावमा उठ्नका लागि एमालेका सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट खाली भएको थियो।
राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि मतदाता हुने भएकाले रिक्त स्थान पूर्ति गर्न उपचुनाव हुन लागेको हो।