काठमाडौं। प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आर.आर) क्याम्पसमा झडप भएको छ।
बुधबार बिहान क्याम्पसमा अध्ययनरत दुई विद्यार्थी समूहबीच झडप भएको हो। झडपको क्रममा खुकुरी हानाहान हुँदा झडपमा अनेरास्ववियु आर.आरका अध्यक्ष मदन भन्डारी, उपाध्यक्ष लोकेश्व खड्कालगायत विद्यार्थी घाइते भएका छन्।
उनीहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ। अहिले आर.आर क्याम्पसमा प्रहरीको बाक्लो उपस्थित छ।

प्रहरीका अनुसार मंगलबार एक समूहका विद्यार्थीले अर्को समूहमाथि कुटपिट गरेको थियो। मंगलबार कुटिएको समूहका विद्यार्थीले बुधबार अन्य साथीहरुले ल्याएर अर्को समूहका विद्यार्थीलाई कुटपिट गरि फरार भएका थिए।
प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ।