काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारको तर्फबाट दिइने घर भाडा र घर खर्च नलिने घोषणा गरेकी छन् ।
शनिबार सामाजिक सञ्जाल मार्फत उनले सो कुरा बताएकी हुन् । यस्तै सांसद कार्कीले सम्पर्क कार्यालयका लागि फ्ल्याट उपलब्ध गराउन अनुरोध गरेकी छन् ।
उनले जावलाखेल, एकान्तकुना र भणिमण्डल क्षेत्रमा ‘फ्री’मा फ्ल्याट उपलब्ध गराउन अनुरोध गरेकी हुन् ।
