काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकार गठनबारे छलफल भइरहेको छ।
सत्तारुढ दल कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकार गठनबारे अहिले बालुवाटारमा छलफल भइरहेको हो।
उनीहरुबीच प्रधानमन्त्रीदेखि प्रमुख पदहरुको भागबण्डामा सहमति जुटाउने विषयमा छलफल भइरहेको बताइएको छ।
उनीहरुले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित छलफल गरेका थिए।
चटारो
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँदैछ। सोहीअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरु सक्रिय बनेका हुन्। सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन्।
यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ। एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गरेको पृष्ठभूमिमा गठबन्धनमा सहमति जुटाउनका लागि प्रयास भइरहेको हो।