काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो ८ सय ग्राम सुन बरामद भएको छ।
बिहीबार दुबईबाट काठमाडौं आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनको साथबाट १९ किलो ८ सय ग्राम सुन बरामद भएको स्रोतले जानकारी दिएको छ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सारले जाँच गर्ने क्रममा उनी सुनसहित पक्राउ परेका हुन्। उनले कम्मरको छेउमा प्लास्टिकमा प्याक गरि सुन ल्याएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।