पोखरा। एमाले अध्यक्ष केपी शर्मा ओलीले कला साहित्य र संगीतमा धेरै रुची रहेको बताएका छन्।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले कला साहित्य र संगीतमा धेरै रुची रहेको बताएका हुन्। उनले देशका स्रष्टाहरुनै तिर्थहरु रहेको बताए।
ओलीले जेल जीवनमा साहित्य गोल घरवाट नै सुरु गरेको बताए। उनले भने, ‘सामाज रुपमान्तरणमा साहित्यको ठुलो भुमिका छ। पोखराको जेलमा रहेका धेरै साहित्य सिर्जना गरें। तर, पञ्चायतकालमा जहाँ साहित्य सिर्जना भयो त्यही स्थानमा छोडेर जाँदा धेरै कृतिहरु हराए। जेलभित्र रहँदा १६ खण्डसम्म महाकाव्य लेखे। महाकाव्य नै जेलरले खोसेर लगे।’