काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ।
शुक्रबार शोभराज १९ वर्ष तीन महिनापछि सुन्धारास्थित केन्द्रीय कारागारबाट रिहा भएका छन्। रिहा भएका शोभराजलाई आजै अध्यागमन विभाग बुझाइएको थियो।
अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई आजै फ्रान्स पठाइने जानकारी दिए।
सर्वोच्च अदालतले बुधबार १५ दिनभित्र डिपोर्ट (नेपाल छाड्ने) आदेश दिएको थियो। शोभराजलाई आज साँझको उडानबाट फ्रान्स पठाइने जानकारी सूचना अधिकारी पाण्डेले दिए।
सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा शोभराजलाई सर्वस्वसहित जन्मकैद हुनेगरी छुट्टाछुट्टै मुद्दा चलाइएको थियो।
शोभराजलाई बिकिनी किलर, सिरिअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिन्छ।
सम्बन्धित समाचारः
जेलबाट छुटे 'सिरीअल किलर' चार्ल्स शोभराज, लगाइयो अध्यागमनको जिम्मा