काठमाडौं। नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
उनी हाल सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हुँदा अनियमितता गरेर मुद्दा मिलाएको आरोपमा उनीमाथि २०७० सालमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
एसपी यादवसँगै अदालतले हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ। यसअघि उनीहरुलाई विशेष अदालतले सफाई दिएको थियो।