काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रवि लामिछानेले पार्टी कार्यालयको लागि कार्यकारी अधिकृत (सीईओ) पदको विज्ञापन खुलाएका छन् ।
उनले चितवन पार्टी कार्यालयको सिईओ पदका आवेदन खुला गरी विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियानको सुरुवात गरेका हुन् ।
उनले व्यवस्थापनमा दखल राख्ने र स्वदेशमै केही गर्न इच्छुक व्यक्तिको खाँचो रहेको बताएका छन् । साथै उनले इच्छुकलाई आफ्नो सीभी पठाउन आग्रहसमेत गरेका छन् ।
