काठमाडौँ । राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन थप शपथ लिएका छन् । बिहीवार संसद् भवनमा सांसद पदको शपथ दिने क्रममा उनले थप शपथ लिएका हुन् ।
संविधानमा व्यवस्था भएको भन्दा पनि उनले थप शपथ लिएका हुन् । उनले आफूले थप शपथ लिएको सामाजिक सञ्जालबाट जानकारी दिँदै शपथको व्यहोरा समेत सार्वजनिक गरेका छन् । उनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने व्यहोराको शपथ लिएका हुन् ।
