काठमाडौँ । काठमाडौं जिल्ला अदालतले हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम काठमाडौं जिल्ला अदालतले पनि शोभराजलाई रिहा गर्न केन्द्रीय कारागार सुन्धारालाई निर्देशन दिएको हो ।
सर्वोच्चले भक्तपुर अदालतबाट चलेको मुद्दामा उनलाई तत्काल रिहा गरी १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो ।
त्यसबाहेक पनि शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा थप दुईवटा जाली राहदानी र ज्यान मार्ने उद्योगका मुद्दा भेटिएपछि के गर्ने भन्ने विषयमा कारागार व्यवस्थापन विभाग काठमाडौं अदालत पुगेको थियो ।
बिहीबार साँझ काठमाडौं अदालतले दुई मुद्दाको हकमा समेत बुधबार सर्वोच्चबाट भएको आदेशबमोजिम नै शोभराजलाई रिहा गर्न अनुमति दिएको हो ।