काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये चार जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन्।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले चार जना सांसद अनुपस्थित भएको जानकारी दिए।
अनुपस्थित हुनुहुने सांसदहरुमा प्रेमबहादुर आले, महिन्द्र राय यादव, माया राई र रामकुमार राई छन्।
आलेकी आमाको निधन भएका कारण अनुपस्थित भएका हुन् भने माया राई सुत्केरी भएका कारण अनुपस्थित भएकी हुन्।
यस्तै, महिन्दराय यादव नागरिकताका अनुसार जेष्ठ सदस्य भएको तर, जेष्ठ सदस्यका रुपमा सपथ ग्रहण नचाहेका कारण अनुपस्थित भएको बुझिएको छ।
रामकुमार राई भने जिल्लामा नै रहेको र आज बिहानै हवाई उडानमार्फत काठमाडौं आउने तयारीमा भए पनि मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि अनुपस्थित भएको बुझिएको छ।