पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको बताएका छन्।
क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख आचार्यले सो कुरा बताएका हुन्।
उनले भने, ‘हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछौं। पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गर्दछु।’
पदस्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै कम्प्रोमाइज नगर्ने बताए।
क्याम्पस सञ्चालक समितिका ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुली निर्वाचित भएका छन्।