काठमाडौं। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट शरदराज पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा मनोनीत भएका छन्।
पाठक बिहीवार मिश्र समूहबाट महामन्त्रीमा मनोनीत भएका छन्। मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा पाठक प्रवक्ता थिए। राप्रपामा यसअघि ५ जना महामन्त्री थिए, पाठकसहित ६ जना महामन्त्री भएका छन्।
त्यस्तै, मिश्र समूहबाट ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका छन्।
गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वमा रहेको समूहबीच एकता घोषणा भएको थियो।
यी हुन राप्रपामा जिम्मेवारी पाउने मिश्र पक्षका नेता
वरिष्ठ उपाध्यक्षः रवीन्द्र मिश्र
केन्द्रीय कार्य सम्पादन समितिः निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र।
महामन्त्रीः शरदराज पाठक
सहमहामन्त्रीः उज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी
सहायक महामन्त्रीः हरिकृष्ण अधिकारी, सौरेन्द्रबहादुर शाह
केन्द्रीय सदस्यः अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीप प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल।