काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।
लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएको पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए।