काठमाडौं। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उपचाररत नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।
बुधबार देउवा र प्रचण्डले छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका नेपाललाई अस्पताल पुगेर भेटेका हुन्।
भेटमा देउवा र प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे।
नेपालको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।