काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति शम्शेर जबरालाई ज्येष्ठ सदस्यका रुपमा शपथ खुवाएकी छन्।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।
राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ खाएपछि जबराले बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम छ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ। त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन्।