पर्सा। जिराभवानी गाउँपालिका–४ को ठेकरियामा नाचगानको क्रममा झडप हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाँउका ३६ वर्षीय सैमुल्लाह राउत गद्दी रहेका छन्।
मंगलबार राति सैमुल्लाह आफ्ना छिमेकी सरुम राउत गद्दीको छोरा साबिर राउत गद्दीको विवाहमा सहभागी हुन गएका थिए। वैवाहिक समारोहमा नाचगान गर्ने व्यक्तिलाई उनले नाँच्नमा रोक लगाएपछि विवाद भएको थियो।
त्यस क्रममा स्थानीय जाजुल राउत गद्दीसमेतले कुटपिट गरेपछि घाइते भएका सैनुल्लाहको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।