काठमाडौं। काठमाडौं महानगरले अनामनगरस्थित धोबीखोला करिडोर (देवीनगर) मा बनेका अवैध संरचनाहरु भत्काउन शुरू गरेको छ।
महानगरपालिकाले बुधबार देवीनगरमा बनेका अवैध संरचनाहरु डोजर लगाएर भत्काएको छ।
अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ।
यहाँ २० भन्दा बढी घरटहरा भत्काइने महानगरले जनाएको छ। यसअघि नै महानगरले सो क्षेत्र खाली गर्न रेखांकन गरिसकेको थियो।
महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ।