काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन्।
आज भएको मतदानमा उनले महामन्त्री गगनकुमार थापालाई पराजित गर्दै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत मात्रै पाए।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए।
