काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको मतदान सम्पन्न भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेर अघि सम्पन्न मतदानमा ८९ मत खसेको छ।
अब केहीबेरमा मतगणना सुरू हुनेछ।
कांग्रेस संसदीय दलमा ८९ जना मतदाता रहेका छन्। दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको थियो।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् ।