काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको निर्वाचन कांग्रेसको भविष्यसँग जोडिएको बताएका छन्।
बुधबार बिहान निर्वाचन हुन अगाडि सञ्चारकर्मीसँग बोल्दै थापाले सांसदहरुले आग्रह, पूर्वाग्रहबिना विवेक प्रयोग गर्ने दाबी गरेका छन्।
उनले कांग्रेसलाई गति दिन पनि सांसदले विवेक प्रयोग गर्नुपर्ने आवश्यकता भएको बताए। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान बिहान १० बजेसम्म मतदान हुँदैछ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्।दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसका सांसद ८९ जना छन्।