काठमाडौँ । सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ।
मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
साथै, सम्मेलनले महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको समीक्षा गर्नु र प्रभावकारिताका लागि पहल गर्नु, महान्यायाधिवक्ताको कार्यालयको संस्थागत सुधार, भौतिक पूर्वाधारको विकास र भावी योजनाका लागि मार्गदर्शन खोज्ने छ।
काठमाडौँको राष्ट्रियसभा गृह हलमा तीन दिन हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।