काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्।
मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
ओलीको प्रस्तावक उपाध्यक्ष विष्णु पौडेल र समर्थकमा सुवास नेम्वाङ थिए।
बैठकले सम्पुर्ण मतदातालाई धन्यवाद दिएको छ। साथै, चुनावको क्रममा हत्या गरिएका बाजुराका एमाले कार्यकर्ता चेतन ऐडीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।