काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाइँ निलम्बन भएका छन्।
माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएपछि यौन दुर्व्यवहारको आरोप लागेका बजगाइँ निलम्बन भएका हुन्।
पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)मा कार्यरत महिला कार्यकताले दिएको उजुरी र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएको अश्लिल म्यसेजहरूको प्रतिलिपीसहित बागमती प्रदेश कार्यालयको सिफारिसको आधारमा उनलाई निलम्बन गरिएको हो।
माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ।
