धादिङ। मलेखु नजिकै यात्रुवाहक बस र माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको छ। ती महिलाको सनाखत भएको छैन।
बिहानी पम्प नजिक भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्।
भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी केही यात्रु गम्भीर घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।