काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन्।
मंगलबार बसेको राप्रपा संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।
राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ।