काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
पूर्व प्रधानमन्त्री रहेका अध्यक्ष नेपाल रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्।
उनका उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ।
संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको नेपालको नीजि सचिवालयले जनाएको छ।