काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार संसदीय दलको कार्यालय पुगेर देउवा र थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेका हुन्।
उम्मेदवारी दर्तापछि थापाले देउवालाई शान्त मनले सोचर उम्मेदवारी फिर्ता लिन आग्रह गरे।
उनले पार्टी र देश बदल्न आफ्नो उम्मेदवारी रहेको बताए।
कांग्रेसको भविष्यप्रति चिन्ता गरेर, पार्टीमा नयाँ उत्साहको सञ्चारका लागि आफूलाई समर्थन गर्न थापाले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई आग्रह गरे।
पार्टी र देश बदल्ने आफ्नो एकमात्र लक्ष्य रहेकोले परिवर्तनको पक्षमा लाग्न मतदाता सांसदलाई थापाले आग्रह गरे।