काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी, धाँधली र बुथ क्याप्चरकाबीच आफ्नो पार्टी लोकप्रिय मतमा पहिलो बनेको बताएका छन्।
मंगलबार काठमाडौंमा एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई बधाई र शुभकामना दिँदै अध्यक्ष ओलीले े घेराबन्दी, धाँधली र बुथ क्याप्चरकाबीच आफ्नो पार्टी लोकप्रिय मतमा पहिलो बनेको बताएका हुन्। ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताए।
सत्ता गठबन्धनको घेराबन्दी, धाँधली र बुथ क्याप्चर तथा राज्यशक्तिको चरम दुरुपयोगका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले आरोप लगाए।
उनले घेराबन्दी र धाँधलीका बीच चुनाव नहारेर जितेको उनको दाबी छ। उनले एमाले सरकार गठनको खेलमा नलाग्ने स्पष्ट पारे।
अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको अध्यक्ष ओलीले बताए।