काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिने भएका छन्।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बुधबार दिनको १ बजे जबराको शपथ ग्रहणको तयारी गरिएको जानकारी दिए।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो। ज्येष्ठ सदस्यको शपथग्रहण संक्षिप्त हुने र आमन्त्रित गर्नुपर्ने विशिष्टि व्यक्तित्वका बारेमा छलफलहरू भइरहेको छ।
संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ गराएपछि अन्य सदस्यको शपथ बिहीवार हुनेछ।
सम्बन्धित समाचारः
नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार हुने
प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय छ। ज्येष्ठ सदस्यलाई सभामुखको निर्वाचित नभएसम्म सदन सञ्चालन गर्नुपर्ने जिम्मेवारी रहन्छ।