काठमाडौँ । बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनाव लागेको छ ।नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ ।
आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए ।
उनका अनुसार अध्यक्षमा डा. सन्तोष पौडेल, डा. शिवजीविक्रम सिलवाल र डा. अनिलविक्रम कार्की तथा महासचिवमा डा. सञ्जीव तिवारी, डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालको उम्मेदवारी परेको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।