काठमाडौं। युट्युबमा ‘भेलु बाजे’ नामले परिचित मीनबहादुर बुढाविरुद्ध उजुरी परेको छ।
जिल्ला प्रशासन कार्यालय प्यूठानमा उनीविरुद्ध सोमवार प्यूठानकै सुवास जिसीले उजुरी दिएका छन्।
भेलु बाजेलाई गलत प्रयोग गरेर समाजमा अश्लीलता फैलाइएको, युट्युब अन्तरवार्ताहरूमा अश्लील शब्द तथा हर्कतहरू गर्न लगाइएको र जसले गर्दा बालबालिकाको मानसिकतामा असर परेको उजुरीमा उल्लेख छ।
उजुरीमा ‘भेलु बाजे’लाई मदिरा सेवन गराई मातेको अवस्थामा विभिन्न अश्लील हर्कतहरू गराउने, सामाजिक सञ्जालमा प्रस्तुत गरी फोहर–अश्लील, अपाच्य र अर्मादित शब्दहरू प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र ‘भेलु बाजे’, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिई सामाजिक अनुशासन र मर्यादा कायम गर्न माग गरिएको छ।
प्यूठानको जुम्रिकाँढा घर भएका ‘भेलु बाजे’ युट्युब तथा सामाजिक सञ्जालमा ‘भाइरल’ छन्।