काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने बताएका छन्।
सोमबार आयोगको प्राङ्गाणमा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दैै प्रमुख आयुक्त थपलियाले फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन हुने बताए।
उनले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भए पछि दोस्रो कार्यकालका लागि हुने सबै तहका निर्वाचन सम्पन्न हुने बताए।