काठमाडौं। अहिले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक जाम परेको छ।
ट्राफिक प्रहरीका अनुसार सवारी साधनको संख्या बढेका कारण काठमाडौं उपत्यकाको पुतलीसडक, कोटेश्वर र चाबहिल चोक हुँदै चल्ने सवारी साधन पनि क्युमा चलिरहेका छन्। क्यु रहेको स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।
त्यस्तै, ललितपुरको चिबाल धापाखेल सडकखण्डमा सडक मर्मतको काम भइरहेकोले सवारी साधनलाई धापाखेल चोकबाट थेचो हुँदै संचालन गराइएको छ।
यसबाहेक उपत्यकाको अन्य मुख्यमुख्य चोकहरुमा भने सवारी साधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ।
नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।