बुटवल । बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न आग्रह गरेका हुन् ।
नगरप्रमुख पाण्डेयले बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको ध्यानाकर्षण गराए । उनले जुनसुकै योजना ल्याउँदा बुटवललाई प्राथमिकतामा राख्नसमेत अनुरोध गरे ।
भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्ती माथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाए ।